नेपालमा पनि अक्सिजन र भेन्टिलेटरको अभाव बढ्न सक्ने, मृत्युदर बढ्न सक्छ

नेपालमा पनि अक्सिजन र भेन्टिलेटरको अभाव बढ्न सक्ने, मृत्युदर बढ्न सक्छ

  • बुधबार, बैशाख १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

बैशाख १५ काठमाण्डौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोनाले भयावह रुप लिँदै गएकाले त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको छ ।
खुल्ला सिमा र नियमित उडानका कारण भारतबाट भित्रिनेहरुमा ठूलो संख्यामा संक्रमण बढेको पाईएको छ । नाकाहरुमा एन्टीजेन परीक्षण गरिए पनि पर्याप्त क्वारेन्टीन र स्वास्थ्य प्रणालीको अभाव र निर्वाध आवत जावतका कारण नेपालमा पनि द्रुत गतिमा कोरोना फैलन मद्धत पुगेको छ ।
पहिलो लहरबाट मुक्त हुँदै गएको नेपाल दोस्रो लहरमा उच्च स्तरको रफ्तारमा संक्रमणको सामना गरीरहेको छ । मंगलबार मात्रै एकै दिन ४५ सय बढी संक्रमित फेला परे ।
देशभर सक्रिय संक्रमितको सख्या २६ हजार नाघेको छ । यसले देशभरका अस्पतालमा संक्रमित खचाखच भरिएका छन् । शिक्षण अस्पतालमै बेडको समेत अभाव भएर संक्रमितलाई बेञ्चमा राखेर उपचार गराईदैछ । भेरी अस्पताल नेपालगञ्जको हालत निकै नाजुक बन्दै गएको छ । संक्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मी ठूलो संख्यामा संक्रमित बनेका छन् ।
यस्तोमा अहिले देखा परीरहेको कोरोनाको गंभीर लक्षण भएको र त्यसमा बढी जसो बिरामीलाई अक्सिजनको मद्धत चाहिने देखिएको छ ।
नेपालसँग अक्सिजन सिलिण्डर उत्पादन छैन र अक्सिजन उत्पादन गरी सिलिण्डर भर्न सक्छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको छ । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् । निजी क्षेत्रले प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन टयांक छन् । देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर छन् ।
अहिले नागरिकले घर घरमै अक्सिजनको सिलिण्डर राख्न थालेपछि सिलिण्डरकै अभाव हुन सक्ने चिन्ता स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले गर्न थालेका छन् ।
भारतमा अहिले दिनहँु अक्सिजनको अभावमा सँयौ बिरामीहरुले ज्यान लिएका खबरहरु सार्वजनिक भईरहेका छन् ।
नेपालमा पनि अक्सिजन र भेन्टिलेटरको अभावमा संक्रमितहरुको मृत्युदर बढ्न सक्ने चिन्ता स्वास्थ्य अधिकारीहरुको छ । अहिले कोरोनाको कारण ३ हजार १९४ जनाको मृत्यु भईसकेको छ ।
हाल नेपालमा ४२७ जना आईसियुमा रहेका छन् भने १२९ जना भेन्टिलेटरमा रहेका छन् । यो भनेको गंभीर अवस्थाका बिरामी भएको र यस्ता बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सरकारले नागरिकका लागि उपचार प्रवन्ध व्यवस्थित गर्नु पर्ने माग राजनीतिक दल र सरोकारवालाहरुबाट हुँदै आएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी