बैशाख १४ पोखरा । मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ अल्पमतमा परेपछि गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसदले अवरोध गरेका छन् ।
नेकपा एमालेका सांसद्को अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद बैठक अझै सुरु हुन सकेको छैन । सत्ता पक्षका सांसद्ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरूले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् ।
एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने भनेका थिए ।
प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेलुल भएको छ । अविस्वासको प्रस्तावमाथि भोली मतदान हुने भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline