गण्डकी प्रदेश: मुख्यमन्त्रीविरुद्ध फ्लोर क्रसको डरले अविश्वास दर्ता गराएका सबै सांसदलाई एकैठाउँमा राखियो !

गण्डकी प्रदेश: मुख्यमन्त्रीविरुद्ध फ्लोर क्रसको डरले अविश्वास दर्ता गराएका सबै सांसदलाई एकैठाउँमा राखियो !

  • मङ्लबार, बैशाख १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

१४ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका ३ दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले आफ्नै सांसदमाथि अविश्वास गरी पोखरा लेकसाइडको कुटी रिसोर्टमा राखेका छन् । सोमबार २५ सांसद एकैठाउँमा बसेका हुन् ।

एकैठाउँ बस्दा छलफल र सरसल्लाह गर्दा सजिलो हुन्छ भनेर सबै एकै ठाउँमा बसेको एक सांसदले बताए ।

कांग्रेस, माओवादी एउटै कुटी रिसोर्ट र जसपाका सांसद नजिकैको अर्को होटलमा बसेको स्रोतले उल्लेख गरेको छ । तर, अविश्वास प्रस्तावमा साथ दिने बताएको जनमोर्चाका ३ सांसद भने त्यो मोर्चाबन्दीमा लागेर होटल नगएको बताईएको छ ।

यद्यपि राजमोले अविश्वास प्रस्तावमै मतदान गर्ने उक्त पार्टीको केन्द्र कमिटीले बताएको छ । २ वैशाखमा दर्ता भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभामा सोमबार टेबुल भएको छ ।
प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए ।

विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए । सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन् ।

वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् । १२ सांसद रहेको माओवादीबाट १ जना सभामुख हुन् ।

राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङ सरकारको पक्षमा भएपनि पार्टी केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद रहेको र त्यसमा १ जना माधव नेपाल समूहका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ