तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु(अपडेट)

तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु(अपडेट)

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

वैशाख १३, काठमाडौँ । आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आज नै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् । त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् ।

आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । प्रतिदश लाख जनसङ्ख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ । हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये महिलाको सङ्ख्या एक लाख आठ हजार ५३५ र पुरुषको सङ्ख्या एक लाख ९५ हजार २६ रहेको छ ।

निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ