ओली बिरुद्ध माधव नेपाल सहितले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी

ओली बिरुद्ध माधव नेपाल सहितले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख १३ काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटमा सुनुवाइ जारी छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार सुनुवाइ जारी रहेको छ ।
नेपालसहित चार सांसदले नेकपा एमालेलाई एकीकरण पहिलेकै अवस्थामा फर्काउनु पर्नेमा त्यसो नगरेको र आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै वारेसमार्फत् गत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।
नेपालसँगै पार्टीका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्यले अध्यक्ष ओलीविरुद्ध रिट दायर गरेका हुन्।

यी चारै नेतालाई ओलीले पार्टीविरोधी गतिबिधि गरेको आरोप लगाएर ६ महिनाका लागि निलम्बन गरेका छन।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ