काठमाण्डौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी, एक दर्जन बढी सेवा सञ्चालनमा रोक लगाईने

काठमाण्डौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी, एक दर्जन बढी सेवा सञ्चालनमा रोक लगाईने

  • सोमवार, बैशाख १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौँ बैशाख १३ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने छलफल गरेका हुन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाउन छलफल भएको जानकारी दिए ।

सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ ।
गृहमन्त्रालयसँग निषेधाज्ञाको मोडालीटीबारे छलफल भए पछि निर्णय सार्वजनिक गर्ने तयारी जिल्ला प्रशासन कार्यलयले तयारी गरेको छ ।

सिसिएमसीले कोरोना संक्रमितको संख्या बढेमा स्थानीय तह वा प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ