१२ बैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द भएको छ । कार्यलयका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आज सूचना सार्वजनिक गर्दै प्रजिअ पराजुलीले भोलीबाट अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी दिएका हुन् ।
पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसबाहेक अन्य काम हुने छैनन् ।
तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline