नेपालमा थप २८ जनाको कोारेनाका कारण मृत्युः देशभर ३१ सय २२ जनामा संक्रमण, उपत्यकामा सबैभन्दा बढी

नेपालमा थप २८ जनाको कोारेनाका कारण मृत्युः देशभर ३१ सय २२ जनामा संक्रमण, उपत्यकामा सबैभन्दा बढी

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

वैशाख १२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  थप तीन हजार १२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो ।

९ हजार २९२ जनाको पीसीआर परीक्षाण गर्दा तीन हजार ३२ र  सात सय ८६ जनाको एन्टिजेन परीक्षणमा ९० गरेर आइतबार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै २४ घण्टामा १४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३९२ रहेको छ ।

यस्तै २४ घण्टामा ४५० कोरोना निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने अहिले ६९ जना क्वारेन्टाइनमा रहेका छन् । २४ घण्टामा ३१ सय २२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ११९ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार ५७३ जना निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ