अब पनि सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयको चेतावनी

अब पनि सचेत नभए अस्पतालमा बिरामी राख्‍ने ठाउँ नहुने स्वास्थ्य मन्त्रालयको चेतावनी

जनस्वास्थ्य नियम पालना नगर्नेको समाचारलाई निरुत्साहित गर्न सञ्चारकर्मीलाई अनुरोध

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

१२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवस्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सार्वजनिक सूचना सार्वजनिक गर्दै अब पनि सचेत नबने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि अस्पतालमा ठाउँ नै नहुने चेतावनी दिएका छन् ।

संक्रमणको चक्रलाई रोक्न नसक्ने र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने उनको चेतावनी छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि बिचलिन हुन नदिऔँ, खबरदारी गरौँ। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान दिने गरौँ।’

साथै मन्त्रालयले सञ्चारकर्मीहरुलाई कोरोना भाइरसविरुद्ध जनस्वास्थ्य मापदण्ड नअपनाउने जो कोहीको समाचारलाई निरुत्साहित गर्न पनि अनुरोध गरेको छ ।सूचनामा कोभिड-१९ को महामारीसँग जुध्नको लागि सबै सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाएको सक्रियता प्रति धन्यवाद पनि दिइएको छ । ‘अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको छ । समग्र आमसञ्चारमा समाचार पढ्दा अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ सार्वजनिक सूचनामा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ