कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुनसक्छ,देशव्यापी गर्ने पक्षमा सरकार छैन: परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुनसक्छ,देशव्यापी गर्ने पक्षमा सरकार छैन: परराष्ट्रमन्त्री ज्ञवाली

  • आइतवार, बैशाख १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

वैशाख १२, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना हटस्पटमा स्थानीय तहबाट लकडाउन हुन सक्ने बताएका छन् । तर सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।
आइतबार पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी बैठकबारे सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले तत्काल देशभर लकडाउनको सम्भावना नरहेको बताए ।

अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने हो उनले भने, ‘ लकडाउन समाधान हैन । अहिले भर्खर अर्थतन्त्र तंग्रिन थालेकाले सकभर अर्थतन्त्रमा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना हो,’

बैठकले एमाले कार्यकर्ता पंक्तिलाई कोभिड–१९ को नयाँ भेरियन्टविरुद्धको अभियानमा लाग्न निर्देशन दिने निर्णय गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ