बैशाख १० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को गर्दै खनाल नेपाल समुहलाई पेल्न थालेका छन् । दुई दिन लगातार भएको वार्ता पछि आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थायी समिति गठन गरेको छ । जुन समितिमा खनाल नेपाल समुहमा लागेका नेतालाई समावेश गरिएको छैन ।
बरु माओवादीबाट आएका नेताहरूलाई स्थायी समितिमा राखिएको छ । स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।
बाँकी सदस्यहरु पछि थप गरिने एक नेताले जानकारी दिए । अहिले बालुवाटारमा बैठक जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline