२५ जना भन्दा बढी भेला हुन नपाईने नियमको बालुवाटारबाटै उलंघन, २६५ सदस्यीय एमाले आयोजक समितिको बैठक जारी

२५ जना भन्दा बढी भेला हुन नपाईने नियमको बालुवाटारबाटै उलंघन, २६५ सदस्यीय एमाले आयोजक समितिको बैठक जारी

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

बैशाख १० काठमाण्डौं । बढ्दो कोरोना संक्रमणसँगै सरकार आफैले २५ जना भन्दा बढी भेला हुन नपाउने नियमको उलंघन गर्दै नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक जारी छ । वालुवाटारमा जारी बैठकमा आयोजक समितिका २६५ सदस्य सहभागी रहेका छन् ।

२ सय ६५ मध्ये पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेको हुँदा हाल २ सय ६१ जना सदस्य कायम रहेको सो समितिको बैठक आयोजना गरिएको हो।
तर खनाल नेपाल समुहका सदस्यहरु भने बैठकमा सहभागी छैनन् ।

सरकारले स्वास्थ्य मापदण्डका लागि २५ जनाभन्दा बढि जन्ती, मलामीमा समेत सहभागी हुन नपाउने नियम जारी गरेको छ। सोहि नियमअनुसार अहिले स्कूल, कलेज, फिल्म हल बन्द गरिएको छ। तर यति नै बेला प्रधानमन्त्री निवासमा भने एउटै सभाहलमा सयौं व्यक्ति सहभागी रहेको बैठक प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको छ ।
बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई कार्बाही गर्ने र माधव नेपाल सहितका नेताका बारेमा छलफल गर्ने संभावना रहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ