अब बालुवाटारको बालुवाबाट तेल निस्कदैन, ओलीको दम्भ धरहरा भन्दा माथि : नेपाल

अब बालुवाटारको बालुवाबाट तेल निस्कदैन, ओलीको दम्भ धरहरा भन्दा माथि : नेपाल

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैशाख १० काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बालुवाटारको बालुवामा अब तेल नरहेको बताएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको दुई दिन लगातार भएको छलफलमा कुनै निष्कर्ष ननिस्किए पछि नेपालले जनकपुर पुगेर यस्तो टिप्पणी गरेका हुन् ।
शुक्रबार जनकपुरधाममा रहेको एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले अहिले धरहराको उचाईभन्दा पनि माथिको दम्भ देखाएको बताए ।
ओली गलत बिचारका साथ अघि बढेको र आफूहरु सही बिचार लिएर उभिएको उनले बताए ।
खनाल(नेपाल समूहमा लागेको भन्दै विभिन्न जिल्लाका अध्यक्षलाई हटाएको विषयमा समेत कुरा राख्दा ओलीले केही सुन्न नचाहेको भन्दै नेपालले अध्यक्ष ओली पार्टी एकताको पक्षमा नरहेको स्पष्ट भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ