एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै, खनाल नेपाल समुहमाथि थप कार्बाही गर्ने तयारी

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै, खनाल नेपाल समुहमाथि थप कार्बाही गर्ने तयारी

  • शुक्रबार, बैशाख १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बैशाख १० काठमाडौं । एमाले महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठकले यस अघि स्पष्टीकरण सोधिएका झलनाथ माधव नेपाल सहितका नेतामाथि थप कार्बाही गर्न सक्ने स्रोतले जनाएको छ ।
माधव नेपाल र वामदेव गौतमसँग भएको भेटवार्ता परिणाम मुखी नभएको र यस अघि २७ नेता सांसदलाई सोधिएको स्पष्टीकरणको अवधि सकिएकाले थप कार्बाही गर्ने संभावना रहेको बताईएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दैछ ।

यो बैठकमा खनाल नेपाल समुहका नेताहरु सहभागी नहुने र वामदेव गौतम पनि सहभागी नहुने बताईएको छ ।
आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ । बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ