कोरोना संक्रमितको उपचारको लागि नारायणी अस्पतालमा अक्सिजनको अभाव, मेसु ठाकुर वेपत्ता

कोरोना संक्रमितको उपचारको लागि नारायणी अस्पतालमा अक्सिजनको अभाव, मेसु ठाकुर वेपत्ता

  • शुक्रबार, बैशाख १०, २०७८
  • दिपक चौरसिया

  • 16.8K
    SHARES

वीरगंज (पर्सा), १० वैशाख । नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजनको अभाव भएको छ । अस्पतालमा संक्रमितहरुको संख्या बढेसँगै अक्सिजनको माग बढ्दै गएपछि अक्सिजनको अभाव भएको हो । आइसुलेशनमा भर्ना भएका ३५ जना कोरोना संक्रमितहरुको उपचारका लागि अक्सिजन अभाव हुँदा उपचारमा समस्या भएको उपचारमा खटिएका चिकित्सकहरुले जानकारी दिएका छन् ।
नारायणी अस्पतालमा दैनिक ४५ देखि ५० वटा अक्सिजन सिलिण्डरको खपत छ, तर त्यस अनुसार आपूर्ति नहुँदा संक्रमितहरुको उपचारमा समस्या भएको चिकित्सकहरुको भनाई छ । अहिले दैनिक ८ देखि १० जना सम्म संक्रमितहरु अस्पतालमा भर्ना भइरहेको अवस्थामा अझै संक्रमित थपिए अक्सिजनसँगै बेडको पनि अभाव हुने अवस्था रहेको उनीहरुको भनाई छ । यदि यहि अनुपातमा अझै संक्रमित भर्ना हुने हो भने अस्पतालले धाउन नसक्ने अवस्था रहेको छ । अस्पताल प्रशासनको व्यवस्थापनमा देखिएको कमजोरीका कारण समयमा अक्सिजन उपलब्ध नहुँदा विरामीहरुले ज्यान समेत गुमाउनु परेको बताइएको छ । कोरोनाको कारण त्रासमय वातावरण बनेको अवस्थामा आइसुलेशनमा रहेका संक्रमितहरुलाई समयमा अक्सिजनको व्यवस्था नभएको कारण पनि ज्यान गुमाई रहेको बताइएको छ ।
यसबारे नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले संक्रमितहरुको संख्या बढेसँगै अक्सिजनको पनि माग बढ्दै गएकोले अक्सिजनको अभाव भएको जानकारी दिए । उनका अनुसार दिन प्रतिदिन संक्रमितहरु थपिदै गएको र तिनीहरुलाई अक्सिजन एक सिफ्ट मात्रै चढाइँदै आएकोमा हाल आएर दुई देखि तीन सिफ्टसम्म अक्सिजन चढाउनुपर्ने भएकोले अक्सिजनको अभाव भएको बताए । बुधबार विहान कोरोना संक्रमितहरुको लागि चढाइएने अक्सिजन अभाव भएपछि उद्योगबाट नै अक्सिजन आपूर्ति गरिएको उनको भनाई छ ।No description available.
दिन प्रतिदिन विरामीसँगै अक्सिजनको माग पनि बढ्दै गएकोले पहिलाको तुलनामा आपूर्ति गर्दै आएको अक्सिजनले नभ्याएपछि अचानक अक्सिजन अभाव भएको भन्दै डा. हकले भने ‘अक्सिजन आपूर्ति गर्न अस्पताल तत्पर छ, अक्सिजनको अभाव हुने वित्तिकै दिउँसो करिब २ बजेसम्म अक्सिजन उद्योगबाटै भएपनि ल्याइएको जानकारी दिए’ । कोरोना संक्रमितहरुको उपचारका लागि नारायणी अस्पतालमा बनाइएको आइसुलेशन पनि अभाव हुँदै गइरहेको अवस्था छ ।No description available.
दैनिक ५० देखि ८० जना संक्रमितहरु फेला परि रहेको अवस्थामा अधिकाँशलाई होम आइसुलेशनमा बसेर चिकित्सकको सल्लाह सुझाव अनुसार औषधी सेवन गर्ने भनेर होम आइसुलेशनमा बसाउँदै आएपनि अलि गम्भिर प्रकृत्तिका संक्रमितहरुलाई अस्पतालको आइसुलेशन कक्षमा राखेर उपचार गरिँदै आएको छ । नारायणी अस्पतालमा १० वटा साधारण एवं २५ वेडको आइसियू सहित ३५ वटा वेडको आइसुलेशन रहेको छ ।No description available.
यसरी वीरगन्जमा संक्रमितहरुको संख्या बढ्दै गइरहेको अवस्थामा अस्पतालका मेडिकल सुपरिटेण्ड डा. सन्जय ठाकुर वीरगन्जबाट वेपत्ता भएका छन् । कोरोना फैलिन थालेपछि विभिन्न बहाना बनाउँदै मेसु ठाकुर वीरगन्ज बाहिर काठमाडौं बसेका छन् । अस्पतालमा हुने समस्याबारे चिकित्सकहरुले मेसु ठाकुरलाई फोन मार्फत जानकारी दिएपनि आश्वासन बाहेक केही नपाएको चिकित्सकहरुको गुनासो छ । अस्पतालको अभिभावक नै नभएपछि कसको के लाग्छ र ? अस्पताल अहिले लथालिंग अवस्थामा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी