पूर्व उपसचिव डोटेलले कब्जा गरेको एक रोपनी ८ आना जग्गामा चलाईयो डोजर

पूर्व उपसचिव डोटेलले कब्जा गरेको एक रोपनी ८ आना जग्गामा चलाईयो डोजर

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

काठमाडौं, ९ बैशाख । सरकारका पूर्व उपसचिव सुरज डोटेलले कब्जा गरेर संरचना बनाई भाडामा लगाएको एक रोपनी ८ आना भन्दा बढी जग्गामा आज डोजर चलाईएको छ । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित धोबीखोला नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गामा आज डोजर चलेको हो । काठमाडौं क्षेत्र नम्बर १ (क ) प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारी जमिन व्यक्तिको कब्जाबाट फिर्ता ल्याउने अहिले अभियान नै चलेको छ । प्रदेश सभा सदस्य श्रेष्ठ र काठमाडौ महानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधिको समन्वयमा डोटेलले हडपेको उक्त जग्गामा भइरहेको अतिक्रमण हटाएर पार्क निर्माण गर्ने तय भएको छ ।

कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वउपसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको पाइएपछि काठमाडौँ महानगरपालिका–११ कार्यालयले पटक पटक खाली गराउन पत्राचार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी