सबै भन्दा बढी अराजक काम गरे पनि मैले माधव नेपालहरुलाई सम्झाउने काम गरीरहेको छु : प्रधानमन्त्री ओली

सबै भन्दा बढी अराजक काम गरे पनि मैले माधव नेपालहरुलाई सम्झाउने काम गरीरहेको छु : प्रधानमन्त्री ओली

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बैशाख ९ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक र संसदीय ईतिहासमै सबै भन्दा अराजक काम गरेर, गतिविधि गरेर हिँडिरहे पनि आफूले माधव नेपालहरुलाई सम्झाउने बुझाउने काम गरीरहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा आज बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास गर्दै ओलीले सम्झाउने कामलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिए ।

यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, ओलीले भने ।
व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता नदिने ओलीले स्पष्ट पारे । हिजो मात्रै माधव नेपालसँग प्रधानमन्त्रीले दुई घण्टा लामो छलफल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ