सबै कम्युनिष्ट एकतावद्ध हुन र प्रतिगमनको बिरुद्ध उभिन प्रचण्डको आव्हान

सबै कम्युनिष्ट एकतावद्ध हुन र प्रतिगमनको बिरुद्ध उभिन प्रचण्डको आव्हान

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

बैशाख ९ काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना वक्तव्यमा प्रचण्डले कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोह पार गर्दै अघि बढेको र कम्युनिष्ट पार्टी भित्रको विकृति विसंगतीलाई संघर्षको माध्यमबाट किनारा लगाईने गरेको र ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा बाहिरिने गरेको भन्दै अहिले त्यसैको कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखा परेको उल्लेख गरेका छन् ।
समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यन्वयनका लागि प्रतिगमन बिरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको आवस्यकता भएको प्रचण्डले उल्लेख गरेका छन् ।
पार्टी स्थापना र लेनिन जयन्तीका अवसरमा जारी गरिएको सन्देशमा प्रचण्डले कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतीशील शक्तिलाई प्रतिगमन बिरुद्ध एकतावद्ध हुन प्रचण्डले अपील गरेका छन् ।

May be an image of text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ