आज कम्युनिष्ट पार्टी स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

आज कम्युनिष्ट पार्टी स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

  • बिहिबार, बैशाख ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, ९ वैशाख । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७२ वर्ष पूरा भएको छ । आजकै दिन २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । यसै दिनका अवसरमा आज विभिन्न कम्युनिष्ट पार्टीहरुले कार्यक्रमहरु गर्दैछन् ।

राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवीले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

पुष्पलाल पार्टीका महासचिव बनेका थिए । स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।

नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओवादीले शसस्त्र आन्दोलनको नेतृत्व गरेका थिए ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आज बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्ने बताईएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न लागिएको हो ।

यसैबीच नेकपा एमालेले आजदेखि थापाथलीस्थित नयाँ पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । भाडामा लिइएको घरमा पार्टी कार्यालय राख्न लागिएको हो । प्रधानमन्त्री ओली बिहान ११ बजे थापाथलीस्थित नयाँ पार्टी कार्यालय जाने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ