काठमाडौं, बैशाख ८ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बाँकेको नेपालगञ्जमा लकडाउन गरिएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
बुधबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ७३५ पुगेसँगै अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन गरिएको उनले बताए ।
लकडाउनको समयमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline