माधव नेपालसहित ८ जनालाई चेतावनीपूर्ण स्पष्टीकरण सोध्ने एमालेको निर्णय

माधव नेपालसहित ८ जनालाई चेतावनीपूर्ण स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

६ बैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीपूर्ण स्पष्टीकरण सोध्ने निर्णय गरेको  प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

त्यसैगरी कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अमरबहादुर थापालाई पनि दुई दिन भित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको जनाईएको छ ।

आजको बैैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्पष्टीकरणको जवाफ प्राप्त भएपछि नेताहरूमाथि विधानबमोजिम थप कारवाही हुनेबताए । आज माधवसमूहका नेताहरु भने बैठकमा उपस्थित भएका थिएनन्।

कर्णालीमा एमालेका माधव समूहका चार सांसदले ‘फ्लोर क्रस’गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो। उनीहरुकै मतका कारण शाही नेतृत्वको सरकार जोगिएको छ भने फ्लोर क्रस गर्नेमध्ये तीन जना मन्त्री समेत भइसकेका छन् ।

मुख्यमन्त्री शाहीको पक्षमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चार सांसदले मत दिए। उनीहरूले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमालेको प्रयास विफल भएको हो।

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन लगाएको थियो। दलको निर्णयअनुसार मन्त्रीबाट राजीनामा दिएका उनीहरूले शुक्रबार पार्टीको ह्विप उल्लंघन गरेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ