बैशाख ६ काठमाडौं । अहिले काठमाण्डौंमा विभिन्न व्यक्तिले राजनीतिक शक्ति र आडमा अकुपाई गरेका सरकारी जग्गा खाली गराउने अभियानै चालेका छन् काँग्रेस क्षेत्र नं १ का बागमति प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले । उनकै नेतृत्वमा बिजुलीबजार धोवोखोला छेउमा व्यवशायी दीपक मलहोत्राले सरकारी जमिन मिचेर भौतिक संरचना बनाई ओलम्पिया स्कुललाई भाडामा दिएको खुले पछि त्यो संरचनाहरु अहिले भत्काईएको छ । मलहोत्राले बर्षौदेखि बबहरमहलस्थित् ओलम्पिया स्कुललाइ भाडामा दिएको २ रोपनी १४ आना सरकारी जग्गा मिचेर संरचना बनाएर भाडाामा लगाएर पैसा असुल्दै आएका थिए । काठमाडौँ महानगर पालिका ११ वडा कार्यालले कराकारी जग्गाको सिमांकन गरि निज मलहोत्रालाइ आचश्यक प्रमाण लिएर आउन ताकेता गरेता पनि कुनै चासो नदेखाए पछि स्थानीय निकाय वडा प्रतिनिधि , विभिन्न सस्था आवद्द प्रतिनिधिको अग्रसरतामा स्वयं उपस्थित भएर आफ्नो क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सुरू गरेका सांसद श्रेष्ठले जानकारी दिए ।
महानगरभित्रका सार्वजनिक जग्गा अतिक्रमण हटाउन महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य समेत उदासीन रहेको सांसद श्रेष्ठको आरोप छ ।
यसरी अतिक्रमण गरी खाली गरिएका सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने सांसद श्रेष्ठको लक्ष्य रहेको छ ।
यसै गरि संगै १ रोपनी ८ आना १ पैसा ३ दाम धोबीखोला नदि छेउको अर्को सरकारी जग्गा नेपाल सरकारका पूवॅ सह–सचिब सुरज डोटेलले टहरा बनाएर श्रीमती रेखा डोटेलको नाममा रहेको जग्गा खाली गरिने श्रेष्ठले जानकारी दिए । उक्त जग्गा ९ गते खाली गराईदै छ ।
