सरकारद्धारा हिँउदे अधिवेशन अन्त्य

सरकारद्धारा हिँउदे अधिवेशन अन्त्य

  • सोमवार, बैशाख ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

बैशाख ६ काठमाण्डौं । सरकारले संसदको हिँउदे अधिवेशन अन्त्य गरेको छ ।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले सिफारीस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने र बोलाउने प्रचलन छ।
फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो।

प्रधानमन्त्री ओलीले एमसिसी संसदमा छलफलका लागि पेश गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य गर्न सिफारिस गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ