एमाले विवाद मिलाईदिन माग गर्दै खनाल नेपाल समुह निर्वाचन आयोग पुग्यो

एमाले विवाद मिलाईदिन माग गर्दै खनाल नेपाल समुह निर्वाचन आयोग पुग्यो

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

बैशाख ६ काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समुह पार्टी विवाद निरुपण गरिदिन माग गर्दै निर्वाचन आयोग पुगेको छ । बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।
सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भएको भन्दै महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने निर्णयलाई मान्यता नदिन सो समुहले माग गरेको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित अघि बढेको भन्दै सो समुह समानान्तर गतिविधि गर्दै अघि बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ