गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री थापाको सांसद पद खारेज, मन्त्रीबाट पनि पदमुक्त

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

५ वैशाख, काठमाडौं । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले सूचना जारी गरि थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । सकेहिश पत्रका आधारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो।

एमालेतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि थापाको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको हो। थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर थापा ६ महिनाका लागि मन्त्री बन्न सक्नेछन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।गृहमन्त्री थापाको सांसद पद गुम्यो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ