फ्लोर क्रस गर्ने तीन एमाले सांसदले पाए मन्त्रीको जिम्मेवारी, आज शपथ लिदै

फ्लोर क्रस गर्ने तीन एमाले सांसदले पाए मन्त्रीको जिम्मेवारी, आज शपथ लिदै

  • आइतवार, बैशाख ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बैशाख ५ सुर्खेत । कर्णालीमा फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विस्वासको मत दिएका तीन एमाले सांसदले मन्त्रीको जिम्मेवारी पाएका छन् । ती तीनै जना सांसदलाई एमालेले पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरीसकेको छ । ती मन्त्रीले आज शपथ ग्रहण गर्ने तय भएको छ ।
फ्लोर क्रस गर्ने नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।
मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेका छन् । काँग्रेसलाई समेत दुई वटा मन्त्रालय दिने तयारी भएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ