लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो: नेता सिंह

लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो: नेता सिंह

  • शनिबार, बैशाख ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

वालिङ, ४ वैशाख ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ र २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको हो ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो । “कम्युनिष्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्”, नेता सिंहले भन्नुभयो, “जुन अपेक्षासहित जनताले मत दिए तर त्यो मतको सही सदुपयोग गर्न कम्युनिष्टले सकेनन् ।”

अब नेपाली कांग्रेसलाई समयको माग अनुसारको पार्टीका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आगामी १४औँ महाधिवेशनबाट सशक्त नेतृत्व आउने उहाँको दाबी थियो । “कुरामा मात्रै होइन अब काममा विश्वास गरौँ”, नेता सिंहले भन्नुभयो, “अबको महाधिवेशनबाट काम गर्न सक्ने र पार्टीलाई सङ्गठित गर्न सक्ने खालको नेतृत्व चयनमा जोड दिऔँ, पार्टीलाई संस्थागत गर्दै लगौँ ।”

कार्यक्रममा कांग्रेस वालिङका सभापति एवं वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले पार्टीभित्रको गुट–उपगुटको अन्त्यका लागि केन्द्रीय तहबाट नै पहलकदमी लिनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनताको अन्त्यका लागि जोड दिँदै आगामी नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, नेता सिंहले आफ्ना पिता गणेशमान सिंहको नाममा वालिङ–११ बिसौनीमा स्थापना भएको गणेशमान स्मृति आधारभूत विद्यालयको अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले गणेशमान फाउन्डेशनमार्फत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै विद्यालयको भौतिक, शैक्षिक तथा पूर्वाधार निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ