४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा बसिरहेको छ ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, बालकृष्ण खाँण, जसपाबाट अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्णसहित सर्बेन्द्रनाथ शुक्ला लगायतको सहभागीता छ ।
तर नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन ।बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष दाहाल तथा एमाले नेता नेपाल सहभागी नभएको बताइएको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, संयुक्त जनमोर्चाका हिमालाल पुरि र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाशचन्द्र लोहनी सहभागी छन् ।
संसद्को हिउँदे अधिवेशन, कोरोना महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline