बैशाख ३ सुर्खेत । सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेका चार सांसदले फ्लोर क्रस गरेर विस्वासको मत दिए पछि कर्णाली प्रदेशका माओादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित बनेको छ ।
उनलाई कांग्रेसका ६ र फ्लोर क्रसु गर्दै एमालेका ४ जनाले मत दिएपछि उनको सरकार जोगिएको हो ।
यस अघि एमालेले दिएको समर्थन फिर्ता लिए पछि मुख्य मन्त्री शाही अल्पमतमा परेका थिए । एमालेको झण्डै आधा सांसद रहेको कर्णालीमा माओवादीको १२ सांसद मात्र छन् । कुल ३९ सदस्य प्रदेश सभामा रहेका छन् ।
कुल २२ मत लिएर शाहीको सरकार सुरक्षित हुँदा बिपक्षमा १५ मत परेको छ । फ्लोर क्रस गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline