सरकारी जग्गा हडप्ने अक्सिडेन्टलका दीपक विष्टको अभद्र व्यवहार !

सरकारी जग्गा हडप्ने अक्सिडेन्टलका दीपक विष्टको अभद्र व्यवहार !

  • शुक्रबार, बैशाख ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.2K
    SHARES

अक्सिडेन्टल स्कुललले हडपेको सार्वजनिक जग्गाको भिडिओ खिच्न जाँदा अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल सञ्चालक दीपक बिष्टले अभद्र व्यवहार गरेका छन् ।
काठमाडौं महानगरपालिकाले अक्सिडेन्टलले सरकारी जग्गा कब्जा गरेर लगाएको टहरा र पर्खाल भत्काउन आदेश दिएपछि टेलिभिजनसहितको पत्रकारको टोली उक्त ठाउँमा भिडिओ खिच्न पुग्दा स्कुल सञ्चालक बिष्टले कसको अनुमति लिएर प्रवेश गरेको भन्दै अभद्र र अशिष्ट शब्द प्रयोग गरेका हुन् ।
अनामनगरस्थित सामाजिक विकास समाजले अक्सिडेन्टलले सरकारी जग्गा हडपेर बनाएको उक्त संरचना हटाउन काठमाडौं महानगरपालिकामा निवेदन दिएको थियो । महानगरले अक्सिडेन्टल स्कुललाई सरकारी जग्गामा अनधिकृत र गैरकानुनी रूपमा बनेको पर्खाल तथा टहरा भत्काउँन पत्र दिएको छ ।
टेलिभिजन , पत्रपत्रिका र अनलाइनले अक्सिडेन्टल स्कुलले सरकारी जग्गा हडपेको विषयमा लगातार समाचार सम्प्रेषण गरेपछि बाध्य भएर महानगरले सरकारी जग्गा हडपेको ठहर गर्दै भत्काउन आदेश दिएको हो । त्यसैको फलोअपका लागि जाँदा बिष्टले अभद्र व्यवहार गरेका हुन् ।
प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले अक्सिडेन्टल स्कुलले सरकारी जग्गामा अनधिकृत रूपमा बनाएको पर्खाल भत्काउँने चेतावनी दिँदै आएका छन् ।
अक्सिडेन्टल पब्लिक स्कुलले सरकारी जग्गामा बनाएको संरचना हटाउन महानगरले पुस २४ गते नै निर्णय गरेपनि टंक श्रेष्ठको चलखेलका कारण एक महिना ढिलागरी पत्र पुगेको छ । फैसला भएको दुई महिना ढिलागरी फागुन १६ गते मात्र पत्र बनेकोमा चैत्र २३ गते एक महिना भन्दा बढी समय लगाएर काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारबाट अक्सिडेन्टल स्कुल अनामनगर पुगेको हो ।

यसबारेमा मिर्मिरे अनलाईनसँग कुरा गर्दा श्रेष्ठले आफुले मेयर बिद्यासुन्दर शाक्यसँग कुरा गरेर एक महिना समय दिन आग्रह गरेको बताए । साना बालबालिका पढ्ने स्कुल भएकाले त्यहाँ डोजर चलाउनु भन्दा स्कुल आफैले सार्वजनिक जग्गामा बनेको संरचना भत्काउदा राम्रो हुने भएकाले मेयर शाक्यसँग उक्त आगह गरेको उनले बताए । साथै स्कुल सन्चालक समितिलाई पनि आफैले संरचना हटाउन सुझाव दिएको पनि श्रेष्ठको भनाई छ ।
तर आफु स्कुलको व्यवस्थापन समितिका अध्यक्ष नरहेको प्रष्ठ पारे । यसअघि समाचारमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष भनेर प्रकाशन गरिएकोमा उनले आपत्ति जनाउदै समाजसेवी भएका कारण आफुले एउटा स्थापित संस्था त्यो पनि शिक्षा दिने बिद्यालय भएकाले डोजर लगाएर संरचना भत्काउदा नकात्मक असर पर्ने भएकाले सहयोग गरेको प्रष्ठ पारे ।

यसअघि सोहि सार्वजनिक जग्गामा बनेको संरचना भत्काउने निर्णय कार्यान्वयनमा भएको ढिलाईबारे काठमाडौं ३१ नम्बर वडा कार्यलयको भवन सिलान्यास कार्यक्रमपछि बानेश्वरको अर्याल होटलमा भएको छलफलका क्रममा समाजीक विकास समाजका प्रतिनिधि र वागमती प्रदेशका सांसद गणेश प्रसाद दुलाल लगायत सरोकारवालासँगको छलफलमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले स्कुलका व्यवस्थापन समितिका अध्यक्ष टंक श्रेष्ठलगायतले स्कुल आफैले भत्काउने बताएकाले ढिला भएको जवाफ दिएका थिए । सोहि कायरण समाचारमा श्रेष्ठलाई स्कुलका व्यवस्थापन समितिका अध्यक्ष भनिएकोमा सच्चाईएको छ ।

काठमाडौं महानगरपालिका–३२ अनामनगरस्थित कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा टेकबहादुर पौडेल कुलबहादुर निरौलालगायतले कब्जागरी निजी स्कुल सञ्चालन गर्दै आएका छन् ।
विगत २५ वर्ष देखि सरकारी जग्गा हडपेर अक्सिडेन्टलले विद्यार्थी र अभिभावकलाई ठगिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ