एमाले सांसद रावलको घरमा मध्यराति ढुंगामुडा प्रहार, प्रहरीले फोन नउठाएको गुनासो

एमाले सांसद रावलको घरमा मध्यराति ढुंगामुडा प्रहार, प्रहरीले फोन नउठाएको गुनासो

  • बिहिबार, बैशाख २, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

बैशाख २ काठमाडौँ । एमाले सांसद झपट रावल बसेको घरमा गएराति ढुंगामुडा प्रहार भएको छ । सांसद रावलले राति नै प्रहरीलाई फोन गरे पनि नउठाएको भन्दै गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद रावलले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन् ।
शान्तिनगरस्थित घरमा बुधबार राति ५–१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भएको त्यस पछि पटक पटक १०० मा फोन गरे पनि प्रहरीले फोन नउठाएको रावलले बताए ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलले दाबी गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ