नयाँ वर्षको पहिलो दिन आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नयाँ वर्षको पहिलो दिन आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

  • बुधबार, बैशाख १, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ८ बजे देशका नाममा सम्बोधन गर्नुहुने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहनुभएको छ ।

नयाँ वर्ष २०७८ आजबाट सुरु भएको छ । आज देशभर विविध कार्यक्रम आयोजना गरी विक्रम संवत् २०७७ लाई बिदा गरी २०७८ को शुभारम्भ गरिदैछ ।

नयाँ वर्षकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, र आरोग्यको लागि मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले बिगतको समीक्षा गर्ने तथा आगतको आकांक्षा मुखरित गर्न अवसरका रुपमा स्वागत गर्दै अघि बढ्न अपील गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ