नयाँ सोचका साथ राष्ट्रिय सङ्कल्प पूरा गर्न सञ्चारमन्त्रीको आग्रह

नयाँ सोचका साथ राष्ट्रिय सङ्कल्प पूरा गर्न सञ्चारमन्त्रीको आग्रह

  • बुधबार, बैशाख १, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, १ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नयाँ सोच र शैलीका साथ ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न एकीकृतरुपमा लाग्न आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री गुरुङले व्यक्तिलाई भन्दा राष्ट्रलाई बलियो बनाउने गरी द्रुतत्तर विकासका काममा सबै निकायले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो । नेपाल सरकारका प्रवक्ता गुरुङले दक्षिण एशियामै नागरिक खुशी हुने सूचीमा नेपाल अग्रणी रहेको र यस वर्ष नेपाल सरकारले हासिल गरेका उपलब्धिको सूचकको जगमा उभिएर कोभिड–१९ को जोखिमलाई सामना गर्दै नयाँ वर्षमा थप प्रगति हासिल गर्नु सबैको चुनौती भएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भन्नुभयो, “भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला । अनुशरण नगर्ने खालका खराब कामलाई आजैदेखि छाडिदिनुहोला ।”

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नयाँ वर्षमा थप प्रगति हासिल गर्न शुभकामना दिनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारीले राससका समाचारलाई स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्ति नयाँ वर्षमा अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष गोपाल बुढाथोकीले नयाँ वर्षमा प्रेस सङ्ग्रहालयको उद्घाटन गर्ने जानकारी दिनुभयो । सो अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दयारमा दाहाल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठलगायतले शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ