कोरोना बढे पनि लकडाउन नगर्ने र विद्यालय बन्द नगर्ने सरकारको निर्णय

कोरोना बढे पनि लकडाउन नगर्ने र विद्यालय बन्द नगर्ने सरकारको निर्णय

  • मङ्लबार, चैत्र ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

नयाँ भेरिएन्टको कोरोना बढ्दै गए पनि सरकारले फेरी लकडाउन गर्ने र शैक्षिक संस्था बन्द गर्ने काम भने नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन नगर्ने र शिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यालय बन्द गर्न सिफारीस गरे पछि प्याब्सनले असहमति जनाएको थियो ।
तर सरकारले कोरोना संक्रमण बढ्न नदिन थप सतर्कता र सजगता अपनाउने भने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्रीले बालबालिकामा कोरोनाको संक्रमण बढेकोमा त्यसलाई ध्यान दिन निर्देशन दिएका थिए ।
त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।

सोमबार साँझ बसेको क्याबिनेट बैठकको निर्णयअनुसार आज सीसीएसीका प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ