बीरगञ्जमा भारतबाट आएका युवा सहित दुई कोरोना संक्रमितको मृत्यु

बीरगञ्जमा भारतबाट आएका युवा सहित दुई कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, चैत्र ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

चैत्र ३१ बीरगञ्ज । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुने क्रम पनि बढेको छ । बीरगञ्जमा आज बिहान साढे ३ बजे बारा जितपुर छातापिपरा वडा न ९ का एक ३७ वर्षे युवाको मृत्यु भएको छ । यी युवक होली भन्दा २ दिन अघि भारत हैदरावाद बाट आएका थिए ।

जितपुर सिमारा उपमहानगरपालिका वाड ९ छातापिपरा निवासीका ३७ बर्षका एक पुरूषको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय कुमार सिंहले जानकारी दिनु भयो ।

भारतको हैदराबाद बाट १४ गते नेपाल फर्केको केही दिनमै बिरामी परे पछि वीरगन्जको एडभान्स हस्पिटलमा युवकको उपचार भैरहेका थियो । आरटी पिसिआर परिक्षणको क्रममा २९ गते युवकको रिपोर्ट पोजेटिभ आए पछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

युवकको उपचारकै क्रममा आज बिहान साढे तीन बजे मृत्यु भएको डाक्टर सिंहले बताउनु भयो । उनलाई कडा स्वास प्रस्ताव, उच्च जोरो र कडा निमोनिया समेत रहेको बताउनु भयो ।

मृतकको आजै नेपाली सेनाले दाहसंस्कार गर्ने तयारी भएको छ ।

यस्तै आज बिहान एक ६२ वर्षे पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । २९ गते भर्ना भएका ती वृद्धको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी