दोलखामा बोलेरो दुर्घटनाः चार जनाको मृत्यु, १७ घाइते

दोलखामा बोलेरो दुर्घटनाः चार जनाको मृत्यु, १७ घाइते

  • मङ्लबार, चैत्र ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

३१ चैत, दोलखा । दोलखामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।घटनामा परि १७ जना घाईते भएको हरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

प्रदेश ३ -०१०२३- ७५८० नम्बरको बोलेरो राति १० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा विगु ३ का २४ वर्षीय विनोद केसी, ४५ वर्षीय अजित खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा विगु-३ का वडाध्यक्ष श्रीराम खड्का पनि घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौ पठाइएको छ ।

प्रहरी निरीक्षक कोइरालाका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । २ जनाको दोलखामै र १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ