वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै पाउने प्रावधान हटाउन सांसद यादवको माग

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै पाउने प्रावधान हटाउन सांसद यादवको माग

  • सोमवार, चैत्र ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रावधान हटाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले वैवाहिक अंगीकृत नागरिकता पाउन विवाह गरेर नेपाल आई निरन्तर ७ वर्षसम्म नेपालमै बसोबास गरेको हुनुपर्ने प्रावधान हटाएर जतिसक्दो छिटो नागरिकता विधेयक पारित गर्न माग गरेका हुन् ।

७ असार २०७७ मा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन’मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोवास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’ भनिएको छ ।

सांसद यादवले वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने जुन प्रावधान छ यो हटाएर नागरिकता विधेयक अगाडि बढाउन नेपाल सरकार र राज्य व्यवस्था समितिलाई अनुरोध गरेका थिए । वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष कुनुपर्ने प्रावधान राखेर कानून बनाए त्यसले समस्या समाधान नगर्ने उनको जिकिर छ ।
७ वर्षे प्रावधानले मधेसीलाई मात्र नभएर पूर्वका लिम्बु र सुदुरपश्चिमका खसआर्यमा पनि असर पर्ने यादवको भनाई थियो । अर्कोतर्फ यस्तो प्रावधान राखिए नेपाल र भारतका बीचमा रहँदै आएको वैवाहिक र सांस्कृतिक सम्बन्धमा समेत असर पर्ने पनि उनले बताए ।

स्थायी आवासीय परिचयपत्र लिएपछि जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता घटना दर्ता गर्न, चल–अचल सम्पत्ति आर्जन, भोगचलन र बेचबिखन गर्न, पेसा व्यवसाय गर्न, पढ्न, प्रमाणपत्र लिन र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न सकिने व्यवस्था नागरिकता विधेयकको प्रतिवेदनमा छ ।

स्थायी आवासीय परिचयपत्र लिएका व्यक्तिले राजनीतिक अधिकार प्रयोग गर्न भने नपाउने भनिएको छ । मतदान गर्न, लाभका पदमा मनोनयन, नियुक्ति लिन भने नपाउने भनिएको छ ।

यस्तै, राज्य व्यवस्था समितिले राखेको जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानका बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजको आधारमा नागरिकता पाउने व्यवस्थाप्रति भने सांसद यादवले स्वागत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ