खुकुरीले नाक र टाउकोमा प्रहार गरी त्यसपछि गोली हानेर एक सुनचाँदी व्यवशायीको हत्या

खुकुरीले नाक र टाउकोमा प्रहार गरी त्यसपछि गोली हानेर एक सुनचाँदी व्यवशायीको हत्या

  • आइतवार, चैत्र २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

लाहान चैत्र २९ । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले एक सुनचाँदी व्यवशायीको निर्मम हत्या गरेका छन् ।

सुनचाँदी पसल गरि बस्ने ४५ वर्षिय प्रदिप कुमार विश्वकर्माको घरमा प्रवेश गरि लुटेराहरुले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रदिपलाई नाक र टाउकोमा खुकुरी प्रहार गरेपछि छातीमा गोली हानी हत्या गरेको र उनकी श्रीमती अनिता विश्वकर्मामाथि पनि उनीहरुले गोली र खुकुरी प्रहार गरेको सिराहाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकरी दिनुभयो ।

घटनामा घाईते भएकी अनिताको सिराहा स्थित सप्तऋषी अस्पतालमा उपचार भैरहेको छ । घटनामा संलग्न रामकृष्ण चौधरी र शंकास्पद अर्को एक जना पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी