सीसीएमसीको अपिल- ‘कोरोना संक्रमणबाट बच्‍नका लागि सतर्कता अपनाउनु’

सीसीएमसीको अपिल- ‘कोरोना संक्रमणबाट बच्‍नका लागि सतर्कता अपनाउनु’

  • शनिबार, चैत्र २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चैत्र २८, काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भएकाले सतर्कता अपनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अपील गरेको छ ।

शनिबार बसेको सीसीएमसीको बैठकले पछिल्लो समय कोभिड संक्रमण ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखापरेकाले सतर्कता अपनाउन अपिल गरेको हो ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले कोारेना संक्रमण फेरी फैलनसक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको बताए ।

साथै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ सक्रिय बनाउने निर्णय पनि गरेको उनले बताए ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ