चैत्र २८ काठमाण्डौं । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली अब धेरै दिन नटिक्ने भन्दै छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उनले नयाँ सरकार बनाउन प्रयास भईरहेको बताए ।
प्रचण्डले सरकारले क्रमिक रुपले संविधान मिचिरहेको भन्दै नयाँ खालको विद्रोह जरुरी भएको बताए ।
उनले आफूहरुकै कारणले यत्रो परिवर्तन आए पनि काम गर्ने कालु मकै खाने भालु जस्तो भएको भन्दै माओवादी पार्टीलाई फेरी एक पल्ट पहिलो पार्टी बनाउने दाबी गरे ।
आफू सुर्खेत, रुकुम लगायतका क्षेत्रमा पुगे पछि माओवादी फेरी एक पटक बलियो हुने वातावरण आफूले देखेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline