ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने विषयमा काँग्रेस,माओवादी र जसपाबीच निर्णायक छलफल हुने

ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने विषयमा काँग्रेस,माओवादी र जसपाबीच निर्णायक छलफल हुने

  • शुक्रबार, चैत्र २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

चैत्र २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउने बिषयमा आज काँग्रेस, माओवादी र जसपाले निर्णायक छलफल गर्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई सहित दुबै तर्फका नेताहरुलाई छलफलका लागि पार्टी कार्यालय सानेपामा बोलाएका छन् ।

तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शुन्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारी बारे छलफल हुने बुझिएको छ ।

यस अघि नै काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरीसकेको छ ।
विभिन्न छलफलमा जुटे पनि जसपाले नयाँ सरकार गठनका बिषयमा ठोस निर्णय नगरेकाले पनि काँग्रेस र माओवादी अप्ठ्यारोमा परेका छन् । जसपालाई प्रधानमन्त्री ओली र काँग्रेस माओवादी दुबै पक्षले आफूतिर तान्न प्रयास गरीरहेको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ