काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना ९कोभिड–१९० संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे ।
उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने धारणा राखे ।
कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा ठूलो बिषय भएको प्रधानमन्त्रीको भनाई छ ।
उहाँले अलि तातोतातो पानी लिदै नस लिदै नाक सफा गरेरै कोरोनालाई चैट पारिदिन सकिन्छ, उनले भने ।
अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको प्रधानमन्त्रीले बताए ।