चैत्र २४ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफैलाई ७० सालमा बम हानेका राम बहादुर थापालाई गृहमन्त्री बनाएर ठूलो गल्ती गरेको बताएका छन् । रुकुम पश्चिममा आयोजित प्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्डले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई अवसर दिएकोमा अहिले पछुतो लागेको स्वीकार गर्दै उक्त कुरा बताएका हुन् ।
पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेको महसुस भएको टिप्पणी गरे ।
आउने दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प प्रचण्डले गरे । अहिले संविधान विरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेको प्रचण्डको भनार्ई छ ।