काठमाडौं, चैत २२ । नेकपा ‘एमाले’ नेपाल(खनाल समूहले २२५ सदस्यीय काठमाडौं समानान्तर कमिटी जिल्ला गठन गरेको छ ।
आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाबाट बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह एलपी श्रेष्ठ चयन भएका छन् । भेलामा करिब एक हजार कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
आइतबार बुद्धनगरमा भएको नेपाल–खनाल समुहको भेलाले समानान्तर कमिटीलाई निरन्तरता दिएको हो।
नेपाल समूहले यस अघि अर्घाखाँची, कास्की, उपयपुर, पर्वत, स्याङजा, तनहु लगायतका जिल्लामा समानान्तर संगठन विस्तार गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline