के राष्ट्रपतिले रोक्न सक्छिन् एमालेको विभाजन ?

के राष्ट्रपतिले रोक्न सक्छिन् एमालेको विभाजन ?

  • आइतवार, चैत्र २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

अहिले कुनै पनि दल भित्र पार्टी भित्र पार्टीको स्थिति देखिएको छ भने त्यो हो नेकपा एमाले । २३ फागुणमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रधानमन्त्री ओली बिरुद्ध सडकमै आन्दोलनमा उत्रिएको झलनाथ खनाल र माधव नेपाल समुह अहिले पनि समानान्तर गतिविधिमा सक्रिय छ ।
उसले शनिबार मात्रै दुई महिने संगठन सुदृढिकरण र प्रशिक्षण अभियानको घोषणा गरेको छ । यस अभियानको क्रममा यस समुहले वडा तह सम्मै समानान्तर संगठन बनाउने तयारी थालेको छ ।
एकातिर अध्यक्ष ओलीले माधव नेपाल सहित आफ्ना विरुद्धमा लाग्ने नेतालाई धमाधम कार्बाही गर्दे अघि बढेका छन् । एकाथरी एमाले नेताको बुझाईमा प्रधानमन्त्री ओली माधव नेपाल सहित केही नेतालाई पाखा लगाउने मनशायमै रहेका छन् । त्यसको प्रतिवाद गर्ने क्रममा माधव नेपाल पनि फरक पार्टी बनाउने सम्मको तयारीमा जुटेका छन् ।
यी घटनाक्रमले एमाले विभाजन हुन सक्ने धेरै अनुमान र आकलन गर्न थालिएको छ ।
यस्तो स्थितिमा एमालेबाटै राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी पार्टी मिलाउन सक्रिय भएकी छन् । उनले शनिबार अस्वस्थ रहेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न जाने क्रममा पार्टी भित्र मिलेर जान सुझाव दिएकी छन् ।
यस अघि पनि उनले नेताहरुलाइ भेट्ने क्रममा मिलेर जान सुझाव दिदै आएकी छन् ।
यद्यपि, राष्ट्रपतिको भूमिकाप्रति खनाल नेपाल समुह बिरुद्धमै रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ