एमाले खनाल नेपाल समुहले देशभर दुई महिने एमालेको एकता बचाऔँ अभियान चलाउने

एमाले खनाल नेपाल समुहले देशभर दुई महिने एमालेको एकता बचाऔँ अभियान चलाउने

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चैत्र २१, काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस समुहको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कलंकीमा भएको बैठकले पार्टीका अन्तरविरोधलाई लिएर कार्यकर्तालाई प्रशिक्षित गर्ने र संगठन सुदृढ गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ुचैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने भएको छ, स्थायी कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता योगेश भट्टराईले भने,आगामी दुई महिनाको लागि देशभरी पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने ुनेकपा (एमाले)को एकता बचाऔँ र कम्युनिस्ट आन्दोलनको रक्षा गरौुं भन्ने मूल नारा तय भएको छ ।ु

आगामी दुई महिनाका लागि विभिन्न कार्यक्रम तय गरिएको र त्यसका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिए । ुदुई महिने अभियानका क्रममा २०७५ जेठ २ गतेसम्मको पार्टी कमिटी पुनर्सञ्चालन, गठन र पुनर्गठन गर्ने निर्णय भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरिरहेको भन्दै खनाल(नेपाल समूहले पार्टीभित्रको अन्तरविरोधका विषय प्रकाशित गर्ने र कार्यकर्तामाझ बाँड्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ