आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने प्रधानमन्त्रीको घोषणा

  • शनिबार, चैत्र २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चैत्र २१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा तत्काल राजीनामा दिने घोषणा गरेका छन् । कसैले राजीनामा देउ भन्दैमा आफूले राजीनामा नदिने तर संसदले दिएको समर्थन फिर्ता लिएमा भने तत्कालै राजीनामा दिने बताए ।
बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अरुले राजीनामा मागेको मागेकै गरेको भन्दै त्यस्तो मागेकै भरमा भने आफूले राजीनामा नदिने बताए ।
आफ्नो राजीनामा माग्ने तर समर्थन फिर्ता नलिने गरेकोप्रति आश्चर्यचकित बनाए ।
उनको यो संकेत माओवादी केन्द्रतर्फ थियो ।
ओलीले मिडियाले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको भनेर असन्तुष्टि पोखेका छन् । उनले जहिले पनि आफ्नो राजीनामालाई बढी प्राथमिकता दिइएको तर सडक निर्माण, मेलम्ची खानेपानी जस्ता परियोजनाका समाचार अगाडि नल्याएको भन्दै सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ