चैत्र २० काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समुहले ओली बिरुद्ध आक्रामक रुपमा डट्ने तयारी गरेका छन् । माधव नेपाल हुँदै एक पछि अर्को नेताहरुलाई धमाधम पार्टी सदस्य नै नरहने गरी निलम्वन गरिए पछि यो समुह आक्रोसित बनेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपालले ओली बिरुद्ध कुनै पनि हालतमा नझुक्ने चेतावनी दिदै आएका छन् । समानान्तर संगठन बनाउदै पार्टी पुनर्गठनको तयारीमा लागेको यस समुहको स्थायी समितिको बैठक आज बस्दै छ ।
बैठकले नेताहरुमाथि भएको कार्बाहीको समिक्षा गर्दै संगठन सुदृढीकरण सम्बन्धि दस्तावेज तयार पार्ने जनाईएको छ ।
गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline