काठमाडौँ चैत्र १९ । नेकपा खारेज गर्ने फैसला बिरुद्ध माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्चमा बहस हुने भएको छ । सुनुवाईका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा तीन सदस्यीय ईजलाश खडा गरिएको छ ।
इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।
इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छ वा छैन भन्नेबारे पुनरावलोकन हुनेछ । पुनरावलोकन नहुने भनी आदेश गरेमा गत फागुन २३ कै फैसला अन्तिम भएर बस्नेछ ।
दाहालले दर्ता गरेको निवेदनमा विभिन्न २० वटा आधार र कारण अघि सारेर उक्त फैसला त्रुटिपूर्ण रहेको दाबी गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline