केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्दिनः माधव नेपाल

केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्दिनः माधव नेपाल

  • बुधबार, चैत्र १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चैत्र १८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली एण्ड कम्पनीले आफूमाथि गरेको कार्बाहीको कुनै अर्थ नभएको बताएका छन् ।
युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी छ नेपालले भने ।
केपी ओलीले एमाले नबनाएको भन्दै आफूलाई पार्टीबाट निकाल्ने हैसियत उनीसँग नभएको नेपालको भनाई छ ।
कम्युनिष्ट आन्दोलन जोगाउने काम युवा विद्यार्थीहरुको भएको पनि नेपालको भनाई छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ